एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु, चार मन्त्री अनुपस्थित

काठमाडौं, असार ११ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटम साढे १२ बजेदेखि बैठक सुरू भएको हो।

बैठकमा नेकपा एसबाट सरकारमा रहेका चारजना मन्त्री भने अनुपस्थित छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले अनुपस्थित छन्।

नेकपा एसको सचिवालय बैठकले सरकारबाट फिर्ता बोलाउने निर्णय गरेपछि उनीहरू असन्तुष्ट छन्।

प्रतिक्रिया दिनुहोस्