रवि लामिछाने र खरेलबीच भेटवार्ता , राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा कुराकानी

काठमाडौं, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले आज भेटवार्ता गरेका छन्।

उनीहरुबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ।

नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका रमेश खरेल आगामी संसदीय चुनावमा काठमाडौं(१ बाट उम्मेदवारी दिने तयारीमा छन्।

रवि र खरेलबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको नेपाल सुशासन पार्टीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्