घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ , असार १० । सुनचाँदी बजारमा आज ९शुक्रबार० छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैंयाँले घटेर ९७ हजार २०० रुपैंयाँमा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार ५०० रुपैंयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैंयाँ छ ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैंयाँले घटेर एक हजार २४० रुपैंयाँ तोकिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्