महंगीविरुद्ध एमालेले जनसंगठनलाई आन्दोलनमा उतार्ने

काठमाडौं, असार ९ । पछिल्लो समय महंगी निकै नै बढेको छ । जनताको ढाड सिक्ने गरि सरकारले महंगी बढाएको हो । खाद्ययान लागायत अन्यमा महंगी भएको छ ।

यसको विरुद्धमा आन्दोलनमा जाने चेतावनी विभिन्न पार्टीले दिदै आएका छन् । यसैक्रममा प्रमुख विपक्षी दल नेकपा एमालेले पनि आन्दोलन गर्ने भएको छ । मूल्यवृद्धि, किसानलाई मल र विद्यार्थीलाई पुस्तक अभावजस्ता विषय उठाएर जनवर्गीय संगठनलाई आन्दोलनमा उतार्ने एमालेको तयारी छ ।

बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको संयन्त्रका संयोजक भानुभक्त ढकालले जानकारी दिए । बैठकमा एमालेका २२ वटा जनसंगठनका प्रमुखहरु सहभागी थिए ।

बैठकले आपसी सहकार्यमा मुद्दाअनुसार एकल वा संयुक्त आन्दोलन गर्नसक्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्