आजको मौसमः मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना
काठमाडौं , असार ९ । देशका विभिन्न भू-भागमा आज (बिहीबार) बिहानैदेखि पानी परिरहेको छ । प्रदेश-१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
आज दिउँसो प्रदेश-१, मधेस प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश-१, मधेस प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र कणर्ाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार आज राति प्रदेश-१, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश-१, मधेस प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी र कणर्ाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश-१ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
हाल देशको प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहेको विभागले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्