चुनाव खर्चको विवरण बुझाउने र नबुझाउने उम्मेदवारको सूची केन्द्रमा पठाउन आयोगको निर्देशन

काठमाडौँ , असार ८ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका उम्मेदवारहरुले खर्चको विवरण बुझाए नबुझाएको विवरण केन्द्रमा पठाउन सबै निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ र स्थानीय तह निर्वाचन नियमावली २०७३ बमोजिम निर्वाचनको परिणाम घोषणा भएको मितिले ३० दिन भित्र उम्मेदवारले खर्च विवरण बुझाउनु पर्ने व्यवस्था रहेको छ ।

आयोगले आफु अन्तर्गतका सबै कार्यालयहरुलाई विवरण बुझाउने र नबुझाउने उम्मेदवारको छुट्टा छुट्टै सूची केन्द्रमा पठाउन र नियम अनुसार कारवाहीको सिफारिस समेत गर्न निर्देशन दिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्