अफगानिस्तान भूकम्पः २५० जनाले गुमाए ज्यान

काठमाडौं, असार ८ । अफगानिस्तानमा ६.१ म्याग्निच्युटको भूकम्प जाँदा २५० जनाले ज्यान गुमाएका छन्। भूकम्पमा परेर कम्तीमा १५० जना बढी घाइते भएका छन्।

अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रबिन्दु भएर अफगानिस्तानमा ६.१ म्याग्निच्युटको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

भूकम्पको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो। अफगानी सरकारका प्रवक्ता विलाल करिमीले पक्तिका प्रान्तका चार जिल्लामा ठूलो भूकम्प गएको र यसबाट सयौंको ज्यान गएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्