सरकारलाई राजेन्द्र लिङदेनको प्रश्न : पेट्रोलियम पदार्थको मूल्यबृद्धि रोक्ने के छन् योजना ?

काठमाडौं, असार ७ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले पेट्रोलियम पदार्थको मूल्यबृद्धि रोक्ने सरकारको योजना माग गरेका छन् ।

आज (मंगलबार) को प्रतिनिधिसभा वैठकमा बोल्दै लिङदेनले पेट्रोलियम पदार्थको मूल्यबृद्धि रोक्ने सरकारको योजना के छ ? भन्दै सरकारसंग जवाफ माग गरेका हुन् ।

उनले भने, ‘इन्धनमा अत्याधिक कर लगाइएको छ । सरकारको ध्यान यसतर्फ किन ध्यान जान सकेको छैन ।’

प्रतिक्रिया दिनुहोस्