रवि लामिछानेले गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा
काठमाडौं, असार ७ । पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका रवि लामिछानेले अहिले भएका कुनै पनि राजनीतिक दलमा प्रवेश नगर्ने बताएका छन् ।
मंगलबार राष्ट्रिय सभा गृहमा आयोजिक एक कार्यक्रममा उनले नयाँ दल निर्माणको घोषणा गरेका हुन् । लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माणको समेत घोषणा गरेका छन् ।
मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयजित घोषणा सभामा लामिछानेले नयाँ पार्टीको नाम घोषणा गरेका हुन्।
अहिलेका राजनीतिक दलहरूसँग कुराकानी गरेको भए पनि आफू तिनमा जान नसकेकाले नयाँ पार्टी खोलेको उनले बताए।
पार्टी घोषणा गर्नुअघि उनले आफू व्यवस्था परिवर्तन गर्न नभई जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको बताए।
‘म यो पार्टीलाई युवाहरूको पार्टी बनाउने छु,’ लामिछानेले भने,‘केन्द्रीय सदस्य ५० प्रतिशत युवा हुनेछन्।’
लामिछानेले भनेका छन्, ‘अहिले दर्ता भएका कुनै पनि दलमा राजनीतिक दलभित्र राम्रा मान्छे नभएका होइनन् । प्रत्येक दलमा राम्रा मान्छे छन् तिनीहरूको सम्मान गर्नुपर्छ ।’
नयाँ पार्टी घोषणा गर्दै लामिछानेले आम निर्वाचनमा उठ्न चाहने व्यक्ति पार्टीभित्रैबाट प्राथमिक चुनाव जितेर आउनुपर्ने प्रणाली रहेको पनि बताए ।















प्रतिक्रिया दिनुहोस्