प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल हुने
काठमाडौँ , असार ६ । प्रतिनिधि सभाको बैठक आज (सोमबार) दिउँसो १ बजे बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत हुने संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख छ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक, २०७९-संसदमा प्रस्तुत गर्नेछन् ।
यस्तै ‘आर्थिक विधेयक, २०७९’ माथि छलफल तथा पारितका लागि अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । आजको बैठकमा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ माथि छलफल हुनेछ । सो विधेयक पारितका लागि अर्थमन्त्री शर्माले प्रस्ताव गर्नेछन् । यस्तै ‘ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९’ पारित गर्नका लागि अर्थमन्त्री शर्माले प्रस्ताव गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्