काठमाडौँ महानगरपालिकाको सबै वडा कार्यालय र विभागमा सीसीटीभी जडान गरिने

काठमाडौँ, असार ५ । काठमाडौँ महानगरपालिकाले मातहतका सबै विभाग र वडा कार्यालयमा सीसीटीभी जडान गर्ने भएको छ ।

महानगरपालिका पहिलो नगरसभाको ११औँ अधिवेशनको पहिलो बैठकमा महानगरका मेयर बालेन्द्र शाहले महानगरको सेवा सुविधालाई भरपर्दा बनाउन सीसीटीभी जडान गर्ने नीति ल्याइएको बताए ।

त्यसैगरि काठमाडौं महानगरपालिकाका करदातालाई स्वास्थ्य बीमा गराउन कम्तीमा ५० प्रतिशत अनुदान दिइने भएको छ ।

काठमाडौं महानगरपालिकाको नगर सभालाई सम्बोधन गर्दै प्रमुख बालेन साहले उक्त घोषणा गरेका हुन् ।

महानगर स्वास्थ्य ऐन जारी गरिने, शहरी स्वास्थ्य केन्द्रलाई शहरी स्वास्थ्य केन्द्रको रूपमा परिणत गरी नगरवासीको नियमित स्वास्थ्य परीक्षण गरिने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्