प्रेम आलेलाई माधव नेपालले भने, अलि ‘विचार पुर्‍याएर बोल्नुस्’

काठमाडौं, असार ५ ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई विचार पुर्‍याएर बोल्न आग्रह गरेका छन्।

सम्पादकहरुसँग आइतबार आयोजित अन्तरक्रियामा मन्त्री आलेको अश्लील गाली र हातपातमा के कारवाही हुन्छ भनि सोधिएको प्रश्नमा अध्यक्ष नेपालले कुनै पनि कुरा विचार पुर्‍याएर बोल्नुपर्ने बताए। जिब्रो छ भन्दै जथाभावी नबोल्न उनले चेतावनी दिए।

‘कुनै कुरा विचार पुर्याएर बोल्नुपर्छ। बोलिसकेपछि त्यसको जिम्मेवारी लिनुपर्छ,’ उनले भने, ‘विचार पुर्‍याएरमात्र बोल्नुपर्छ।’ यस प्रकरणमा आलेलाई कारवाहीबारे भने अध्यक्ष नेपाल केही बोलेनन्।

प्रतिक्रिया दिनुहोस्