नेता नेपाल भन्छन्- एसपीपी फिर्ता लिनेबारे गठबन्धनमा छलफल भएको छैन

काठमाडौं, असार ५ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रहित विपरीतका कुनै पनि सहमतिमा हस्ताक्षर नगर्ने बताएका छन् ।

आइतबार विभिन्न सञ्चार माध्यमको सम्पादकसँगको छलफलमा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले आफूहरुसँगको छलफलमा राष्ट्र हित विपरीतका सहमतिमा हस्ताक्षर नगर्ने बताएको जानकारी उनले दिए ।

‘प्रधानमन्त्रीज्यूले नेपालको हितमाथि आघात पुग्ने कुनै पनि कागजमा, सम्झौतामा मबाट सही हुने छैन’ उनले भने, ‘यति क्याटागोरीकल्ली बोलिसकेपछि, गृहमन्त्रीले पनि संसदमा बोलिसकेपछि हामीले धेरै शंका गरिरहनुपर्ने आवश्यकता छैन ।’

अध्यक्ष नेपालले यसका बाबजुद जनतालाई पनि सजग गराइरहनुपर्ने उल्लेख गरे । त्यसैगरि अध्यक्ष नेपालले एसपीपी फिर्ता लिने वा नलिने विषयमा सत्तारुढ गठबन्धनमा विस्तृतमा छलफल नभएको बताएका छन् ।

तर नेपाली सेनाले एसपीपीमा सहभागिताको विषयमा अमेरिकी दूवातासलाई लेखेको पत्र ठीक थियो कि थिएन भन्ने विषयमा छलफल गर्नुपर्ने उनले औंल्याए ।

अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी० स्वीकारको विषयलाई लिएर अहिले विवाद भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्