विहारबाट उड्ना साथ विमानमा लाग्यो आगो, पटनामा आपतकालीन अवतरण

काठमाडौं, असार ५ । बिहारको राजधानी पटनामा एक विमान आपतकालीन अवतरण गराइएको छ ।

पटनाबाट डिल्ली आउँदै गरेको स्पाइस जेटको विमानको इञ्जिनमा आगो लागेपछि अकस्मात अवतरण गराइएको हो । विमानमा १८५ जना यात्रु सवार थिए ।

उडान भर्ने क्रममा इञ्जिनमा आगो लागेपछि विमान आकस्मिक अवतरण गराइएको जनाइएको छ । पटनाका डीएमले विमानका सबै यात्रु सकुशल रहेको सञ्चारमाध्यमाध्यमलाई जानकारी दिएका छन् ।

उनका अनुसार विमानको देब्रे पखेटामा आगो लागेको थियो । मानिसहरुले तलबाट विमानको इञ्जिनमा आगो लागेको देखेका थिए ।

प्रतिक्रिया दिनुहोस्