सबै पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको छ : प्रचण्ड

काठमाडौँ, असार ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै पूर्व माओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको दाबी गरेका छन् ।

आइतबार काठमाडौँमा आयोजना गएिएको एक कार्यक्रमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

मुलुकको परिवर्तनलाई रक्षा गर्नका लागि सबै पूर्व माओवादीहरू एक ठाउँमा आउने अवस्था तयार भएको बताउँदै उनले एकताको विभाजनको श्रृखला पार गरेर अहिलेको अवस्थामा आएको उनको भनाइ रहेको छ ।

करिब करिब पूर्व माओवादी भन्नेहरू एक ठाउँमा आउने वातावरण बनेको र त्यसको असर अन्य सङ्गठनमा पनि पर्नु स्वाभाविक रहेको धारणा उनले राखेका छन् । उनले परिवर्तन नरुचाउने तत्त्वहरू अहिले पनि यसलाई उल्टाउन सकिन्छ कि भन्ने खेलमा लागेको बताए ।

साथै कार्यक्रममा प्रचण्डले कर्मचारीहरूले राखेका विषयहरूलाई प्राथमिकताका साथ अघि बढाइने बताए।

प्रतिक्रिया दिनुहोस्