पर्यटनमन्त्री आलेविरुद्ध संसद सचिवालयमा उजुरी

काठमाडौं, असार ५ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध संसद सचिवालयमा उजुरी परेको छ।

अधिवक्ताहरू किशोर पौडेल र अनुपम भट्टराईसहित तीनजनाले आलेविरुद्ध आइतवार संसद सचिवालय सिंहदरबारमा उजुरी दिएका हुन्।

पौडेल, भट्टराई र कानुनकी विद्यार्थी रेजिना पौड्यालले संसद सचिवालयस्थित आचरण अनुगमन समितिको कार्यालयमा उजुरी दर्ता गराएका हुन्।

बोलीका कारण मन्त्री आले बेला बेला विवादमा आउने गरेका छन् ।विवादमा आइरहदा उनले अब पदमा बसिरहन उचित नहुने भन्दै राजिनामा दिन पर्ने आवाज यति बेला उठिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्