एसीसी महिला टी-२० च्याम्पियन्सिपमा नेपालको लगातार दोस्रो जित

काठमाडौँ , असार ४ ।   एसीसी महिला टी-२० च्याम्पियन्सिपमा नेपालले दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको छ ।

नेपालले दिएको १०८ रनको लक्ष्य पछाएको कुवेतले २० ओभरमा ७ विकेट गुमाउदै ८२ रन मात्र बनाएको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १०७ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित ३४ रन बनाएकी थिइन् भने इन्दु बर्माले २८, ज्योति पाण्डेले १५ र विन्दु रावलले ११ रन बनाएकी थिइन् ।

नेपालले यस अघि भुटानलाई ५० रनले पराजित गरेको थियो ।

समुह बि मा रहेको नेपालले अब तेस्रो खेल सोमबार बहराइनसँग खेल्ने छ । त्यस्तै नेपालले जुन २१ मा हङकङसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्