संसदीय समितिमा प्रधानमन्त्रीलाई बोलाइयो, अमेरिका भ्रमणबारे छलफल हुने
काठमाडौं, असार ४ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलका लागि बोलाएको छ।
भोलि (आइतबार) बिहान १० बजे बस्ने समितिको बैठकमा प्रधानमन्त्री देउवालाई बोलाइएको हो।बैठकमा नेपालको परराष्ट्र नीति कार्यान्वयनका सम्बन्धमा छलफल हुने बताइएको छ।
त्यस्तै, प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमणको बारेमा पनि छलफल हुनेछ। बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बताइएको छ।
यसअघि शुक्रबार परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई संसदीय समितिले बोलाएर छलफल गरेको थियो।
बैठकमा पछिल्लो समय विवादीत बन्दै गएको स्टेट पार्टनसिप प्रोगाम (एसपीपी) बारे पनि छलफल हुने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्