आइपीएस र एसपीपी ओलीकै पालामा भित्रिएको चार घण्टाभित्र प्रमाणित भयोः प्रचण्ड

काठमाडौं, असार ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इन्डो प्यासेफिक स्ट्राटेजिक (आइपीएस) र स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएकै बेलामा नेपाल भित्रिएको प्रमाणित भइसकेको बताएका छन्।

चितवनको भरतपुरमा आयोजित भरतपुर महानगरको आगामी कार्यदिशा बिषय छलफलमा अध्यक्ष दाहालले आइपीएस र एपपीपी केपी ओलीनै छिराएको बताएका हुन्।

‘मैले हिजो एउटा कार्यक्रममा सन् २०१९ मा आइपीएस केपी ओलीजी कै पालामा भएको हो। यो एसपीपीलाई पनि केपीले नै छिराएको हो भनेर के निस्किएको थिएँ। एमालेका एक वरिष्ठ भन्नेले ल चूनौती प्रमाणित गरेर देखा भन्नुभयो। चार घण्टापछि प्रमाणित भयो’, उनले भने, ‘त्यसैले राष्ट्रवादको ढोंगको पछि नलाग्न र सक्कली राष्ट्रवाद हुन अपिल गर्छु।‘

उनले आइपीएस र एसपीपीले दुई पक्षको कित्ता काट गरेको बताए। दाहालले एकताको पक्ष र एकता विरोधीको लडाइ स्पष्ट भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्