सरकारलाई रावलले भने – एसपीपी स्वीकार्य हुँदैन भनेर अमेरिकालाई पत्र लेख्नुहोस्
काठमाडौं, असार ३ । नेकपा एमालेका सांसद डा. भीम रावलले एसपीपी स्वीकार्य हुँदैन भनेर अमेरिकालाई पत्र लेख्न सरकारसँग आग्रह गरेका छन् ।
शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै सांसद रावलले अमेरिकी दुतावासले नेपालले नचाहेमा एसपीपी सम्झौता नहुने भन्दै अमेरिकालाई सरकारले तत्काल पत्र लेख्नुपर्ने बताएका हुन् ।
उनले कागजातको अध्ययन गरेर राष्ट्रिय हित विपरित् काम गर्नेहरुलाई कानूनी कठघरामा उभ्याउन सक्नुपर्ने पनि बताए । सांसद रावलले कोही नेपालीले पनि सैन्य सम्झौता हुन नचाहने स्मरण गराउँदै सरकारले यसमा गम्भीर बन्न आवश्यक रहेको बताए ।
सांसद रावलले देशको परराष्ट्रमन्त्रीले देशव्यापीरुपमा भइरहेको बहसलाई नकोट्याऔँ भन्न नमिल्ने बताए । उनले नेपालको परराष्ट्रनीति, नेपालको स्वाधीनता स्वतन्त्रता सरकार, व्यक्ति, मन्त्री विशेषसँग मात्र सरोकारको विषय नभएको जिकिर गर्दै उनले बहसको पूर्ण जानकारी नहोउन्जेल सहमतिमा जान नसक्ने बताए । ।
सांसद रावलले नेपाली सेनाले दिनैपिच्छे फरक कुरा गर्न नमिल्ने बताए ।
उनले नेपाली सेना देशको सुरक्षाको अन्तिम र सुरक्षा संयन्त्र भएको उल्लेख गर्दै यस्ता समस्यामा पर्ने हो भने राष्ट्रिय सुरक्षाको आधार नै भताभुंग हुने बताए । उनले प्रतिनिधि सभामा परराष्ट्रमन्त्रीले भ्रमपूर्ण जवाफ दिएको दाबी गरे । उनले अमेरिकी उपविदेश सहायकमन्त्रीको भ्रमणको बेला तिब्बती शरणार्थी शिविरमा भेट गरेर परराष्ट्रमन्त्रीले नेपालको हीतमा छ भन्नुले परराष्ट्रनीतिको रक्षा हुननसक्ने बताउनु भयो । जसक्रममा परराष्ट्रमन्त्री डा. नारायण खड्का र सांसद रावलबीच भनाभनसमेत भएको थियो ।
सांसद रावलले सन् २०१९ मा इण्डोप्यासिफिक रिपोर्टमा नेपाल जोडिएको कुरा उल्लेख गरिएको भन्दै यसलाई ख्याख्यालमा नकोट्याइरहन नसकिने बताए । उनले सरकारले सम्झौता, सन्धि गर्ने र जोडिएको रिपोर्ट आउने कुरा खेलाँची नभएको स्पष्ट पारे ।















प्रतिक्रिया दिनुहोस्