संसदीय समितिले सरकारसँग माग्यो एसपीपीसँग सम्बन्धित कागजपत्र, दियो यस्तो निर्देशन
काठमाडौँ, असार ३ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारसँग अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सँग सम्बन्धित कागजपत्र पेस गर्न निर्देशन दिएको छ।
शुक्रबार परराष्ट्रमन्त्री डा।नारायण खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मा लगायतसँग एसपीपीबारे छलफल गरेपछि समितिले यससँग सम्बन्धित कागजपत्र उपलब्ध गराउन नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई निर्देशन गरेको हो ।
बैठकले प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणको बारेमा प्रश्न उठेको भन्दै यसबारेमा जवाफ दिन असार ५ गते समितिको बैठकमा बोलाउने निर्णय पनि गरेको छ ।साथै समितिले अमेरिका भ्रमण र एसपीपीका विषयमा उठेका प्रश्नहरुको जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत आउँदो आइतवार समितिको बैठकमा बोलाएको छ ।
यता बैठकमा परराष्ट्रमन्त्री नारायण खड्काले एसपीपीको विषय सकिएकोले अब नखोतल्न आग्रह गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नै यो सम्झौता नगर्ने, यसलाई अन्त्य गर्ने प्रक्रियामा जान्छौँ भन्नुभएको भन्दै उहाँले अब यसलाई नकोट्याउन आग्रह गरे ।
यस्तै प्रधानसेनापति प्रभुराम शर्माले पनि एसपीपी कार्यक्रम सेनालाई मान्य नभएको बताए ।
प्रतिक्रिया दिनुहोस्