पार्टीभित्र बसेर नेतृत्वलाई खुइल्याउने नेता-कार्यकर्ता होइन : ओली
काठमाडौं , असार ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र बसेर बफादार हुन नसक्ने मान्छे नेता- कार्यकर्ता हुन नसक्ने बताएका छन् । जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिँदै ओलीले पार्टीभित्र निष्ठा नहुने भन्ने कल्पना पनि गर्न नसकिने बताएका छन् ।
पार्टी अनुशासित ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिएका ओलीले आफूले उद्देश्य परिपूर्तिका लागि काम गर्न चाहेको बताएका छन् । राजनीति देशको मुहार फेर्नका लागि गरिरहेको उनले बताए । न्यायको बिन्दुमा मानव समाजवालाई पुर्याउन चाहेको ओलीको भनाइ छ ।
‘यतिबेला पनि पार्टीप्रति निष्ठा नहुने कल्पना गर्न पनि सकिँदैन । यतिबेला पनि पार्टीप्रति बफादार हुन सक्दैन भने त्यो कार्यकर्ता होइन्’, उनले भने, ‘पाटीभित्रै बसेर पार्टी र नेतृत्वलाई खुइल्याउने, कमजोर पार्ने काम गर्छ भने त्यो पार्टीको नेता-कार्यकर्ता केही होइन । यतिबेला पार्टीलाई एक ढिक्का बनाएर हिंडाउनु पर्नेछ ।’
प्रतिक्रिया दिनुहोस्