बामदेवको दाबि- एसपीपी ओलीले नै अगाडि बढाउनुभएको हो
काठमाडौं, असार ३ । राष्ट्रियसभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने काम गरेको बताएका छन्।
यो कार्यक्रम सुशील कोइराला नेतृत्वको सरकारले सुरु गरेको हो भन्ने कुरा संसदमा आएपछि आफूले खोजीनीति गरेको र प्रधानमन्त्रीका रूपमा एमाले अध्यक्ष ओलीले नै सो प्रस्ताव अघि बढाएको पाइएको उनले बताए।
गौतम कोइराला नेतृत्वको सरकारमा उपप्रधानमन्त्री थिए। यसको सुरुवात जसले गरे पनि त्यसबेलाका प्रधानमन्त्री ओली यसलाई अघि बढाउन काममा संलग्न भएको उल्लेख गर्दै गौतमले सदनलाई पनि सो कुरा बताउनुपर्ने माग गरे। उनले अध्यक्ष ओलीप्रति संकेत गर्दै सो सत्य कुरा बताउँदा कुनै पनि पार्टी र त्यसका नेताको व्यक्तित्व सानो नहुने बताए।
गौतमले सरकार र सरकारको नेतृत्व गरेको कांग्रेसले अघि नबढाउने भनेपछि एसपीपीसम्बन्धी समस्या समाधान भएको पनि बताए। सो प्रस्तावबारे संसद्मा आएर जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई उनले आग्रह गरे।
उनले भने, एमालेका अध्यक्ष कमरेड केपी ओलीले सुरु गर्नुभएको हो एसपीपी। तर सुशील कोइरालाले हो भनेको हुनाले म पनि त्यसमा संलग्न हुन्छु। नेृकपा एमालेका अध्यक्ष त्यसबेलाका प्रधानमन्त्री केपी ओली त्यसमा संलग्न हुनुहुन्छ। अब सदनलाई साँचो कुरा बताउनु पर्छ र सत्य बताउँदा कोही पनि सानो हुँदैन। पार्टी पनि सानो हुँदैन, व्यक्तित्व पनि सानो हुँदैन। एमसीसी पास गरेलगत्तै एसपीपी आयो। यसलाई मिडियाले जब बाहिर ल्यायो, त्यसपछि अरु धेरै जस्तै म पनि ज्यादै संवदेनशील भएँ, झसंग भएँ।’
एसपीपी सम्झौता नेपाललाई अमेरिकी सैन्य गठबन्धनको हिस्सेदारी बनाउनका निम्ति ल्याइएको पनि उनले बताए। महत्त्वपूर्ण विषयमा राष्ट्रलाई जानकारी दिन प्रधानमन्त्री शेरबहादुर देउवा आफै संसद्म उपस्थित हुनुपर्ने पनि उनको भनाइ छ । सांसद गौतमले प्रधानमन्त्री देउवाले एसपीपीबारे संसद्मा उठेका प्रश्नको जवाफ आफैंले नदिएर संसदीय मर्यादामाथि आघात पुर्याएको तर्क पनि गरे।
‘सुशील कोइरालाको सरकारमा शुरुदेखि अन्त्यसम्म सँगै छु, सन्त नेता कृष्णप्रसाद भनिन्थ्यो , मेरो नजरमा सुशील कोइराला हो । मैलै उहाँसँग कहिल्यै मत बझाइन । र मसँग सल्लाह नभइ राष्ट्रिय र अन्तराष्ट्रिय महत्वका कुनै पनि निर्णय गर्नुभएन, जानकारी दिनुभएन । तत्कालीन ‘अहिले जब नेकपा एमालेका अध्यक्ष केपी ओलीले सम्झौता गर्नुभयो भन्ने कुरा उठेपछि सुशील कोइरालाले हो भनेको हुनाले म पनि त्यसमा संलग्न हुन्छु ।
म प्रधानमन्त्रीले गरेको हो म छैन भन्दिनँ । सरकारमा सामेल भइसकेपछि प्रधानमन्त्रीले गरेको काम र व्यक्त गरेका विचारसँग सहमत हुनुपर्छ । त्यसो भएर म माथि पनि आरोप लाग्न सक्छ भनेर मैले त्यससम्बन्धमा खोजिनीति गर्दा के(के भएको हो रु अस्ति मात्र एउटा पत्र आएको छ, र त्यो पत्रले प्रष्ट पारिदिएको छ कि यसको सुरुवात जसले गरेको भए पनि यसलाई अघि बढाउने काममा नेकपा एमालेका अध्यक्ष त्यसबेलाका प्रधानमन्त्री संलग्न हुनुहुन्छ ।’
प्रतिक्रिया दिनुहोस्