एमाले जनप्रतिनिधिले जारी गरे २० बुँदे संकल्प, नियुक्ति, सरुवा-बढुवा र सेवा प्रवाहमा निष्पक्षता
काठमाडौँ , असार ३ । स्थानीय तह निर्वाचनमा विजयी नेकपा एमालेका जनप्रतिनिधिहरुले ‘काठमाडौँ संकल्प’ जारी गरेका छन् ।
राष्ट्रियसभा गृहमा भएको जनप्रतिनिधिहरुको भेलाले २० बुँदे ‘काठमाडौँ संकल्प’ जारी गरेको हो ।
पार्टीका सिद्धान्त, नीति र कार्यदिशाबाट निर्देशित हुँदै निर्वाचनमा जारी घोषणापत्र र प्रतिवद्धतालाई आधार मानेर निर्वाचनमा अभिव्यक्त जनअभिमत, मतदाताले राखेको अपेक्षालाई केन्द्रमा राखेर उक्त संकल्प गरिएको पत्रमा उल्लेख छ ।
नेकपा एमालेका जनप्रतिनिधिहरुले नियुक्ति, सरुवा-बढुवा र सेवा प्रवाहमा निष्पक्षता र योग्यतालाई आधार बनाउने संकल्प गरेका छन् ।
















प्रतिक्रिया दिनुहोस्