कम्युनिस्ट पार्टीहरूलाई फेरि एकजुट गर्ने अभियानमा लाग्छु : गौतम
काठमाडौँ, असार ३ । राष्ट्रिय सभाका सांसद वामदेव गौतमले आफू फेरि कम्युनिस्ट पार्टीहरूलाई एकजुट बनाउने अभियानमा लागिपर्ने बताएका छन् ।
केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको उल्लेख गर्दै सांसद गौतमले त्यसलाई फेरि एकीकृत गर्ने अभियानमा लाग्ने विचार गरेको र केही समयपछि त्यसको घोषणा गर्ने योजना रहेको पनि जानकारी दिएका छन् ।
शुक्रबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकृत गर्नका लागि नै आफूले कुनै पनि नेताहरुको बारेमा टीकाटिप्पणी नगरेको स्पष्ट पारेका छन् ।
नेपाललाई समृद्ध समाजवादमा पुर्याउने आशासहित गठन भएको नेकपा पार्टीभित्रको आन्तरिक समस्याका कारण ३ वटा टुक्रामा विभाजित भएको उल्लेख पनि गरे ।
यो भनीरहदा उनले आफू फेरि कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लाग्ने पनि बताए ।
गौतमले नेकपा गठनपछि जनता खुसी भएको तर पार्टीभित्रकै उत्पन्न समस्याहरुले सो पार्टीलाई विभाजित गरेको पनि स्मरण गराए ।















प्रतिक्रिया दिनुहोस्