एसपीपी सम्झौता खारेज हुन्छ- प्रचण्ड

काठमाडौं, असार ३ ।  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुने बताएका छन् ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले यो कार्यक्रममा एमसीसीजस्तो १२ बुँदा जारी गरेर पास गर्ने काम नहुने बताएका छन् हो ।

उनले भने, “एमसीसी १२ बुँदा घोषणासहित मात्रै पास ग¥यौँ तर एसपीपीमा कुनै १२ बुँदा हुनेवाला छैन, यो खारेज हुन्छ ।”

एमसीसी र एसपीपी दुवै परियोजना पूर्व प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकारको समयमा आएको उनले आरोप लगाए ।

अहिलेको गठबन्धन फेरबदलको कुरा छ नि भन्ने पत्रकारको प्रश्नमा उनले तत्काल गठबन्धन हेरफेर नहुने बताए ।

उनले भने, “अहिले गठबन्धन जे हो त्यही जान्छ ।” पार्टीका एक दुई मान्छे लाग्ने कुरा बेग्लै भएको भन्दै उनले अहिले पार्टीमा त्यस्तो नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्