संसदबाट विनियोजन विधेयक पारित, आर्थिक विधेयकको छलफल सोमबारदेखि
काठमाडौं, असार २ । संघीय प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएको छ।बजेटसँग सम्बन्धित ४ वटा विधेयकमध्ये विनियोजन विधेयक बहुमतले पारित भएको हो।
बिहीबारदेखि राष्ट्र ऋण उठाउने विधेयकमा छलफल सुरु भएको छ भने आगामी सोमबारदेखि आर्थिक विधेयकमा छलफल सुरु हुने सभामुख अग्नि प्रसाद सापकोटाले बताए।
बजेटसँग सम्बन्धित ४ विधेयकमा विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक रहेका हुन्छन्। जसमा विनियोजन विधेयक पारित भएको हो।यस विधेयकमा सरकारले छुट्याएको बजेट कार्यक्रमहरु समावेश हुन्छ।
आगामी आर्थिक वर्षको लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट सार्वजनिक गरेको छ। सरकारले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएका थिए।
यसअनुसार कुल विनियोजनमध्ये चालूतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१. २ प्रतिशत रहेको छ।
वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात् १२ दशमलव ८ प्रतिशत र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत रहेको छ।
आगामी आवका लागि अनुमानित खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड र वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड व्यहोर्दा ४ खर्ब ९८ अर्ब २६ करोड न्यून हुने छ।
सो न्यूनपूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड जुटाइने उलेख छ। राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा नपुग हुने खुद २ खर्ब ५६ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने बजेटमा उल्लेख छ।





















प्रतिक्रिया दिनुहोस्