नेपालमा पनि भेटिए मंकीपक्सका शंकास्पद बिरामी, टेकु अस्पताल भर्ना

काठमाडौं,असार १ ।  कोरोनाको महामारी चलीरहेकै बेला नेपालमा फेरि नयाँ प्रजातिको संक्रमण फेला परेको छ । ‘मंकीपक्स’ भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला फेला परेका हुन् ।

मंकीपक्स संक्रमणको आशंकामा एकजनालाई क्वारेन्टिनमा राखिएको छ । दुबईबाट नेपाल आएका एक पुरुषमा मंकीपक्स संक्रमणको लक्षण देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको हो ।

अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा संक्रमणको लक्षण देखिएपछि उनलाई टेकु भर्ना गरिएको हो ।

यता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकाी निर्देशक डा। रुणा झा ले भने शंकास्पद भनेर परीक्षणका लागि कुनै नमुना प्रयोगशालामा आइनपुगेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्