हाजिर नगर्ने कर्मचारीलाई काठमाण्डौ महानगरले तलब नदिने
काठमाडौं, असार २ । काठमाण्डौ महानगरपालिका अन्तर्गतका कर्मचारीले हाजिरअनुसारको मात्रै तलब पाउने भएका छन् ।
समयमै कार्यलयमा उपस्थित नहुने र हाजिर नगर्ने कर्मचारीको तलब कटौती गर्ने सूचना महानगरपालिकाले निकालेको छ । सुचना निकालेर उनहिरुलाई चेतावनी नै दिएको हो ।
सबै विभाग र वडालाई पत्र पठाएर महानगरपालिकाले गएको चैतमा महानगरपालिकाको परिपत्रअनुसार सम्पूर्ण कर्मचारीको हाजिरी रेकर्ड हेर्दा हाजिर नदेखिएकाले के–कति कारणले हाजिर नभएको हो त्यसको विवरण पठाउन महानगरले निर्देशन दिएको छ ।
स्पष्ट कारण खुलाएर अनुपस्थित हुनुको कारण नदेखाएसम्म असार महिनाको तलब नबन्ने महानगरपालिकाले चेतावनी दिएको छ । यस्तो चेतावनीपछि भने भने कर्मचारी सचेत हुन्छन् की ?
प्रतिक्रिया दिनुहोस्