टेलिभिजन छोडेर पुर्णकालिन राजनीतिमा आए रवि लामिछाने

काठमाडौँ , असार २ । संचारकर्मी रवि लामिछाने राजनितीमा प्रवेश गर्ने भएका छन् । लामिछानेले सामाजिक संजालमा एक पोष्ट गर्दै आफुले संचार कर्म छोडेर पूर्ण कालिन राजनीतिमा प्रवेश गरेको घोषणा गरेका हुन् ।

लामिछानेले भनेका छन्- ‘संचार क्षेत्रमा रहेर मैले कसैको ठाँउ लिन खोजिन,बरु आफ्नो अलग्गै ठाँउ बनाउने कोशिस गरें।अब म आफ्नो आवाजलाई टिभीबाट संसदमा पुर्याउन चाहन्छु।म रहरले संचारकर्मी भएको हु,तर परिस्थीतिले मलाई राजनीतिज्ञ बनायो ।आजबाट म पुर्णकालीन राजनीतिमा आएको छु ।’

लामिछानेले आफ्नो आगामी राजनीतिक यात्रा बारे असार ७ गते थप स्पष्ट पार्ने बताएका छन् ।  उनले राजनीतिमा लाग्दै गर्दा कुनै पार्टीमा आवद्ध हुने वा स्वतन्त्र भूमिकामा भन्ने विषयमा अझै निधो गरिनकेको बताए ।

“हामी आगामी सात गते सभागृहमा प्रोग्राम गर्दैछौँ, सबै कुरा त्यहीँबाट घोषणा गर्नेछौ,” लामिछानेले भने ।

लामिछाने काठमाडौं १ या ३ बाट चुनाव लड्ने तयारीमा लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्