एसपीपी सम्झौता ओली सरकारको पालामा अघि बढाएको होइन : ईश्वर पोखरेल

काठमाडौं , असार २ । नेकपा(एमाले)का सांसद ईश्वर पोखरेलले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता केपी ओली नेतृत्वको सरकारका पालामा अघि नबढाइएको बताएका छन् । ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद पोखरेले यस्तो बताएका हुन् । उनले एसपीपी सम्झौता केपी ओली नेतृत्वको सरकारको पालामा अघि बढाइएको भनेर गलत कुरा सम्प्रेषण गरिएको उल्लेख गरे ।

गठबन्धनले तथ्य विपरित र पूर्वाग्रहपूर्ण कुरा गरेको बताउँदै उनले एसपीपी प्रस्ताव नेपाल आउँदा नेपाली काँग्रेस नेतृत्वको सरकार रहेको उनको भनाइ रहेको छ ।

पोखरेलले आफू मन्त्री रहँदा त्यस बारेमा कुनैपनि सकारात्मक कुरा गरेको केही लिखतहरु, वक्तव्यहरु, माइन्युटहरु भए संसदमा प्रश्तुत गर्न चुनौति दिदैँ त्यसको पूर्ण जवाफदेही लिन तयार रहेको पनि चुनौती दिए ।

त्यतिखेर यो प्रस्तावको विषयमा कुरा आएको र आफूहरुले कार्यदल बनाएको स्मरण गर्दै उनले कार्यदलले सम्झौता अगाडी बढाउनु हुँदैन भन्ने निस्कर्ष निकालेपछि आफूहरुले कुनै प्रक्रिया अगाडी नबढाएको उनले स्पष्ट पारे ।

उनले गठबन्धनका नेताहरुले ओली नेतृत्वको सरकारलाई आरोप लगाएको उल्लेख गर्दै प्रमाण पेस गर्न चुनौती दिएका छन् । प्रमाण पेस गर्ननसके गैरजिम्मेवार अभिव्यक्तिको लागि क्षमा माग्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्