सरकार भन्छ- एसपीपी बारे कुनै निर्णय गरेको छैन, गर्ने सोच पनि छैन
काठमाडौँ , असार २ । सरकारले अमेरिकाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे कुनै सम्झौता अहिलेसम्म नगरेको र सम्झौता गर्ने कुनै योजना पनि नरहेको स्पष्ट गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हालेको रक्षा मन्त्रालय बारे उठेका प्रश्नको जवाफ दिदै एसपीपी बारे कुनै सम्झौता नभएको बताएका हुन् ।
उनले एसपीपीमा नेपाल आवद्ध नभएको बताउदै यस बारेमा सरकारले अहिलेसम्म कुनै निर्णय नगरेको बताए ।
मन्त्री खाँणले नेपालको भुमि कुनै पनि छिमेकी मुलुकविरुद्ध कुनैपनि प्रकारले प्रयोग हुन नदिन सरकार प्रतिबद्ध रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्