रुपन्देहीमा १४ र कैलालीमा १६ वर्षीया किशोरी बलात्कृत

काठमाडौं, असार २ । रूपन्देहीमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन्। बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सैनामैना नगरपालिका–३ मुर्गिया बस्ने ६० वर्षीय मइते थापालाई बुधबार पक्राउ गरेको छ।

आफ्नै पसलमा काम गर्ने बालिकालाई थापाले लामो समयदेखि बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

यस्तै कैलालीमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन्। किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले जानकी गाउँपालिका-२ बडरिया बस्ने २२ वर्षीय हरि शंकर चौधरीलाई बुधबार पक्राउ गरेको हो।

चौधरीले ती किशोरीलाई जेठ २७ गते राति आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्