राज्यमन्त्री वलीको घटनाबारे जाँचबुझ गर्न मन्त्रीको नेतृत्वमा कार्यदल गठन
काठमाडौं, असार १ । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य, जनसंख्या परिवार कल्याण राज्यमन्त्री विमला कुमारी वली घटनाबारे सत्यतथ्य बुझ्नका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठज गरेको हो ।
जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदी रहेको सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी र्दिए ।
मन्त्रिपरिषद्ले राजधानीको जग्गा एकीकरण, नियमावली २०७९, प्रदेश विनियोजन विधेयक प्रदेश सभामा पेश गर्ने स्वीकृत प्रदान गर्ने, प्रदेश सरकारको आर्थिक वर्ष २०७९/ ०८० को बजेट स्वीकृतका पेशका लागि स्वीकृत प्रदान गर्ने निर्णय पनि गरेको छ ।
यसका साथै प्रदेश सकरार विकास पहिलो संसोधन अध्यादेश २०७८ प्रतिस्थान विधेयक, आइसोलेन अस्पतालमा सेवा निरन्तर जनशक्ति कार्यरत जनशक्ति कार्यरत थप गर्ने निर्णयसमेत गरेको मन्त्री शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस्