एसपीपीबारे सरकारले भन्यो – अमेरिकी प्रस्ताव आएकै छैन, सरकारलाई बदनाम गराउन खोजियो
काठमाडौँ, आसर १ । सरकारले अमेरिकाको स्टेट पार्टनरसीप प्रोगाम ( एसपीपी) को सम्झौताका लागि नेपालले माग र अमेरिकाले प्रस्ताव दुबै नगरेको स्पष्ट पारेको छ ।
प्रतिनिधि सभाको बैठकमा बुधबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले सरकारले कुनै पनि स्टेट पार्टनरसिप प्रोगामलाई प्रस्ताव नगरेको र सरकारसमक्ष पनि कुनै प्रस्ताव नआएको स्पष्ट पारेका हुन् । उनले यो सरकारलाई बदनाम गराउने खेल मात्र भएको दाबी पनि गरेका छन् ।
एसपीपीबारे मूख्य विपक्षी दल एमाले लगायतले संसदमै प्रश्न उठाइरहेका छन् । त्यसक्रममा मन्त्री कोइरालाले भने–‘‘नेपाल सरकारले कुनै पनि स्टेट पार्टनरसिप प्रोग्रामका लागि इन्भाइट गरेको छैन। प्रस्ताव गरेको छैन । हामीकहाँ प्रस्ताव आएको पनि छैन। यो कुरा गलत हो, झुटा हो । सरकारलाई बदनाम गराउने एउटा खेल मात्रै हो ।
प्रतिक्रिया दिनुहोस्