मुलुकको हित बिपरितको काम नगर्न प्रधानमन्त्री देउवालाई सुझाव
काठमाडौं , जेठ ३१ । नेकपा एमालेका नेता भीम रावलले मुलुकको हित बिपरितको काम नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन्।
मंगलबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै रावलले स्वेच्छाचारी ढंगले मुलुकको हित बिपरितको काम गर्न खोजेको भन्दै यस्तो काम बन्द गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन्।
रावलले सैनिक शक्ति राष्ट्रको पछि लाग्ने जनादेश प्रधानमन्त्रीलाई नभएको भन्दै श्रीमती आरजु राणालाई समेत भारतसँग उर्जा जीएससँग वार्ता गर्न लगाएको आरोप लगाए।
अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को मस्यौदामा नेपाललाई हस्ताक्षर गर्न दबाब दिएको र यो नेपाललाई एउटा कुनै देशको सैनिक अखडाको रुपमा परिणत गर्ने षडयन्त्र भएको उनको भनाइ छ।
उनले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) ले नेपालको स्वतन्त्र परराष्ट्र नीति उलंघनका साथै नेपालको अस्तित्वमाथि नै धावा बोल्ने तर्क गरे। रावलले गम्भीर कुरा उठ्दा पनि सरकारले मौनता साध्नु गैरजिम्मेवारीपन भएको धारणा राखे।
प्रतिक्रिया दिनुहोस्