मंसिरको पहिलो हप्ता प्रतिनिधिसभाको चुनाव गर्ने आयोगको तयारी
काठमाडौं, जेठ ३१ । निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिरको पहिलो साता गर्नेगरी तयारी गरेको छ ।
मंगलबार आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन कानुन अनुसार मंसिर पहिलो साताभित्र चुनाव गर्नुपर्ने भएकोले सोही अनुसार आयोगले तयारी गरिरहेको बताए ।
चुनावको मिति तोक्नका लागि आयोगले सोही मिति सरकारलाई सिफारिस गर्ने उनले बताए । शर्माले आगामी चुनावबारे सरकारसँग छलफल नभएको र छिट्टै सरकारसँग भेटघाट हुने पनि जानकारी गराएका छन् ।
विदेशमा रहेका नागरिकलाई मतदान गर्न दिनसक्ने अवस्था भने नभएको उनको भनाइ रहेको छ । भर्खेरै मात्रै स्थानीय तह को चुनाव सकिएको छ ।
प्रतिक्रिया दिनुहोस्