उत्तर अफगानिस्तानमा प्रमुख आतङ्ककारीसहित ८ जनाको मृत्यु

काठमाडौं, जेठ २९ ।   उत्तरी तखार प्रान्तमा विद्रोहीका एक प्रमुख कमाण्डर सहित आठ विद्रोहीको मृत्यु भएको पुष्टि भएको तालिवान नियन्त्रित प्रशासनका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले उल्लेख गरेका छन् ।

“तखारको प्रान्तीय राजधानी तालुकान शहरको पुलिस जिल्ला ४ मा गुप्तचर महानिर्देशनालयको विशेष अपरेसनको क्रममा, प्रमुख कमाण्डर युनुस उजबेकिस्तानी सहित आठ विद्रोही मारिएको र उनीहरू लुकेको ठाउँ शनिबार नष्ट गरिएको मुजाहिदले ट्वीट गरेका छन्।

यसैबीच, प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल मुबिन साफीले घटनाको पुष्टि गर्दै शनिबार दिउँसो तालुकान शहरमा भएको कारबाहीमा आठ सशस्त्र विपक्षी मारिएको र तीन जना घाइते भएको बताएका छन् ।

यद्यपि अधिकारीले सुरक्षाकर्मीको हताहती भए नभएको बारे भने केही बताएनन् ।

स्थानीयवासीका अनुसार यस कारबाहीमा सुरक्षाकर्मीलाई पनि क्षति पुगेको थियो तर सरकारी सेनाको सम्भावित क्षतिबारे अधिकारीहरूले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

प्रतिक्रिया दिनुहोस्