मेयर बालेन भन्छन्- डेढ वर्षभित्र विद्युतका तारहरू अन्डरग्राउन्ड हुन्छ

काठमाडौं , जेठ २९ । । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले डेढ वर्षभित्र काठमाडौं महानगरभित्रमा विद्युतका तारहरू अन्डरग्राउन्ड गर्ने बताएका छन् ।

आज बसेको कार्यपालिका बैठकमा उनले यस्तो बताएका हुन् ।

यसअघि, मेयर साहले प्रत्येक सोमबार काठमाडौंको विकासका लागि विद्युत् प्राधिकरण, उपत्यका खानेपानी लिमिटेड, सडक विभाग लगायतका निकायसँग प्रत्येक सोमबार समन्वयात्मक बैठक बस्ने घोषणा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्