काठमाडौंको फोहर व्यवस्थापनका लागि दीर्घकालीन समाधानको उपाय खोज्दैछौं : उपमेयर डंगोल

काठमाडौँ , जेठ २८ ।  काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौंको फोहर व्यवस्थापनका लागि दीर्घकालीन समाधानको उपाय खोजी भइरहेको बताएकी छन् ।

आज (शनिबार) काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै डंगोलले तत्कालका लागि फोहर व्यवस्थापनमा सहमति भए पनि दीर्घकालीन समाधानको उपाय खोजिने भन्दै विभिन्न योजनाहरु तयार भइरहेको जानकारी दिइन् ।

उनले फोहरको स्रोतमा नै विकेन्द्रीकृत गरेर त्यही नै व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिन् ।

डंगोलले घरैबाट जैविक-अजैविक छुट्याई दिन पनि पनि आग्रह गरिन् । उनले फोहर व्यवस्थापनका गरेको प्रतिबद्धता पूरा गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्