एमालेको कार्यालय समितिको बैठक बस्दै
काठमाडौं, जेठ २८ । नेकपा एमालेको कार्यालय समितिको बैठक शनिबार दिउँसो बस्दैछ। स्थानीय तह निर्वाचनको समीक्षा गर्न कार्यालय समितिको बैठक बस्न लागेको हो।
कार्यालय समितिमा अध्यक्ष केपी शर्मा ओली, महासचिव, उपमहासचिव र सचिवहरु रहनेछन्। त्यस्तै एमालेले ३० जेठमा सचिवालय समितिको बैठक बोलाएको एक नेताले जानकारी दिए।
नेकपा एमालेले पार्टीभित्रको अन्तर्घात र सत्तारुढ गठबन्धनले धाँधली गरेका कारण चुनावमा पराजय व्यहोर्नुपरेको प्रारम्भिक निश्कर्ष निकालेको छ।















प्रतिक्रिया दिनुहोस्