एएफसी एशियन कप छनोटः कुवेतसँग प्रतिष्पर्धा गर्दै नेपाल
काठमाडौं , जेठ २८ । एएफसी एशियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलमा आज नेपालले मुख्य प्रशिक्षक अबदुल्ला अलमुताइरीको देश कुवेतसँग प्रतिष्पर्धा गर्दै छ ।
आयोजकसमेत रहको कुवेतबिरुद्ध नेपाल आज प्रतिष्पर्धा गर्दा सुखद नतिजाको पक्षमा हुनेछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति १० बजे शुरु हुनेछ ।
यसअघि बलियो टोली जोर्डनबिरुद्ध २–० को पराजय भोगको नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ । नेपाल पहिलो जितको खोजीमा रहेको छ । त्यसका लागि शनिवार अन्तिम अभ्यास गरेको छ ।
आयोजक कुवेत पनि पहिलो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा कुवेतलाई इण्डोनेसियाले हराएको थियो । छनोटको समूह ‘ए’ मा रहेको नेपाल अंकविहीन रहँदै पुछारमा रहेको छ ।
कुवेत पनि अंकविहीन रहँदै तेस्रो स्थानमा छ । जोर्डन शीर्ष र इन्डोनेसिया दोस्रो स्थानमा छ । छनोट अन्तर्गत नेपालले अन्तिम खेल ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।
समूहको शीर्ष टोलीले एशियन कपमा स्थान बनाउने छन् । यस्तै उत्कृष्ट हुने दोस्रो टोलीलेसमेत एशियन कप खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्