वाम एकता हुने कुनै सम्भावना छैन : ओली

काठमाडौं, जेठ २७ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको सम्भावना नरहेको बताएका छन्।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले विचार र सिद्धान्त नै नभएका दलहरूबीच वाम गठबन्धन भन्नुको अर्थ नहुने जानकारी दिए।उनले एमाले र एकीकृत समाजवादीसँग मिल्ने सम्भावना नभएको पनि बताए।

त्यसैगरि उनले आफूले गरेको प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भन्ने हो भने आगामी मङ्सिरमा तोकिने निर्वाचन मितिलाई पनि प्रतिगमन भन्न सक्नु पर्ने बताए।

प्रतिक्रिया दिनुहोस्