सार्वजनिक यातायातको भाडा फेरि बढ्यो, कहाँ जान कति ? (सूचिसहित)

काठमाडौं , जेठ २७ । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा बढाएको छ।

यातायाता व्यवस्था विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अन्तर प्रदेश यातायातका यात्रुबहाक तथा मालबाहक सवारीको भाडादर बढाएको जानकारी दिएको छ।

विभागका अनुसार यात्रुवाहक सवारीमा २.५ प्रतशित, पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीमा २.५ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारीमा ३.७ प्रतिशतले भाडा वृद्धि गरिएको हो।

यसअघि सरकारले जेठ ११ गते गाडी भाडा दुई प्रतिशतले बढाएको थियो।

इन्धनको मूल्य थपघटका आधारमा एकैपटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजन गर्ने नीति अनुरुप भाडा बढाएको विभागले जनाएको छ।

विभागका अनुसार बढेको भाडा २७ जेठबाटै लागू हुने जनाएको छ

प्रतिक्रिया दिनुहोस्