ट्राफिक व्यवस्थापनका लागि विद्यालय र कार्यालय समय फरक गरौं: सिंह
काठमाडौं, जेठ २६ । ट्राफिक व्यवस्थापनका लागि विद्यालय र कार्यालय समय फरक बनाउन नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले आग्रह गरेका छन्।
आज संसद बैठकमा बोल्दै उनले काठमाडौंमा ट्राफिक जाम हुने समस्या समाधान नभएकोले कार्यालय समय फरक पार्नुपर्ने बताएका छन्।
‘फोहोरमैला र मूल्यवृद्धिको समस्या खेपिरहेका नागरिकले ट्राफिक जामको समस्या भोगिरहेका छन्,’ उनले भने, ‘एक ठाउँबाट अर्को ठाउँ पुग्न धेरै समय लाग्ने गरेको छ। विद्यालय खुल्ने समय र कार्यालय समय फरकफरक समयमा हुने व्यवस्था मिलाउन सके सडकमा जाम कम हुन्छ।’
काठमाडौं उपत्यकामा निकै नै जाम हुने गर्दछ । यसकारण यात्रि तथा सर्वसाधारणले भनेको समयमा गन्तब्यमा पुग्न सक्दैनन् ।















प्रतिक्रिया दिनुहोस्