वरिष्ठ अमेरिकी सैन्य अधिकारी फ्लिन काठमाडौं आइपुगे , शुक्रबार प्रधानसेनापतिलाई भेट्ने
काठमाडौं, जेठ २६ । अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमान्डिङ जनरल चार्ल्स ए फ्लिन बिहीबार मध्यान्ह नेपाल आइपुगेका छन्।
नेपाली सेनाका उच्च अधिकारीले फ्लिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दिउँसो स्वागत गरे।
चारदिने भारत भ्रमण सकेर फ्लिन बिहीबार नेपाल आएका हुन्।नेपाल आउनुअघि उनले बिहीबारै बिहान कोलकातास्थित भारतीय सेनाको पूर्वी कमान्डको अवलोकन भ्रमण गरेका थिए।
उनी अमेरिकी सेनाको बिशेष विमानबाट नेपाल उत्रिएका हुन्।
नेपाली सेनाका अनुसार कमान्डिङ जनरल फ्लिन चार दिन नेपालमा रहनेछन्।
सैनिक प्रवक्ता नारायण सिलवालले अमेरिकी सैन्य अधिकारी सद्भावना भ्रमणमा नेपाल आएको बताए।
उनका अनुसार फ्लिनले शुक्रबार प्रधानसेनापति प्रभुराम शर्मासँग सैनिक मुख्यालयमा भेटवार्ता गर्ने तय भएको छ।
प्रधानमन्त्री देउवाको निकट भविष्यमा हुने अमेरिका भ्रमणअघि अमेरिकी सैन्य अधिकारीको भ्रमण भएको हो। देउवाभन्दा अघि प्रधानसेनापति शर्मा अमेरिका भ्रमणमा जाँदैछन्।














प्रतिक्रिया दिनुहोस्