इम्बोस्ड नम्बर प्लेटमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

काठमाडौँ , जेठ २५ । राष्ट्रिय युवा संघ नेपालले इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितातको छानबिनको माग गर्दै अख्तियारमा उजुरी दर्ता गराएको छ ।

युवा संघले विश्व बैंकले कालोसूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर राख्ने ठेक्का दिइएको भन्दै अख्तियारमा उजुरी दर्ता गराएको हो । संगठनले इम्बोस्ड नम्बर प्लेटको अनियमिततामा सम्लग्न व्यक्तिमाथि छानबिन र कारबाहीको माग गरेको छ ।

त्यस्तै उनीहरूले इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपीमा नराख्नुको कारण र जनतामाथि इम्बोस्ड नम्बर राख्न दिएको दवावका विषयमा पनि अख्तियारलाई जानकारी गराएको छ । युवा संघका अध्यक्ष किरण पौडेलले इम्बोस्ड नम्बर प्लेटमा नीतिगत भ्रष्टाचार भएको भन्दै यसमा छानबिन हुनुपर्ने बताए ।

उनले सुरक्षाका लागि इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने भए त्यसको भार जनतामा थोपर्न नहुने उल्लेख गरे । इम्बोस्ड नम्बर प्लेटको सत्यतथ्य छानविन आयोगले गर्नुपर्ने उनको भनाइ छ ।

युवा संघले कुनै आग्रह पूर्वाग्रहका आधारमा मुद्दा दर्ता नगरेको भन्दै अख्तियारले पनि निष्पक्ष ढंगले छानविन गर्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्