बलात्कार र हिंसाका घटना टुलुटुलु हेरर बस्ने गृहमन्त्रीले राजीनामा दिनुपर्छ : सांसद विक
काठमाडौं, जेठ २५ । सांसद आशाकुमारी विकले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागेकी छन् ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद विकले देशभर बलात्कारका घटना र थुनामा रहेका कैदीको रहस्यमय मृत्यु भएका घटनाले देशमा शान्ति सुरक्षा कायम हुन नसकेको भन्दै तत्काल गृहमन्त्री खाँणले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरिन् ।
‘बलात्कार र हिंसाका घटना टुलुटुली हेरेर बस्ने गृहमन्त्रीले अब राजीनामा दिनुपर्छ,’ उनले भनिन्, ‘बालिका र किशोरी बलात्कृत भइरहेका छन् । रोल्पा कारागारमा सुन्दर हरिजनको मृत्यु भयो । यसरी अशान्ति टुलुटुली हेरेर बस्ने गृहमन्त्रीले अब नैतिकताको आधारमा राजीनामा दिनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्