अवरोधबीच बन्चरेडाँडामा फालियो १२ सय मेट्रिक टन फोहोर

काठमाडौँ , जेठ २५ । काठमाडौँ उपत्यकाबाट मंगलबार १५७ ट्रक अर्थात करिब १२ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा लगिएको छ ।

जेठ १० र ११ गते बञ्चरे डाँडास्थित साइटमा फोहोर व्यवस्थापन गरिएको थियो । जेठको १२, १३ र १४ गतेसम्म सिसडोलमा अन्तिम विसर्जन गरिएको थियो । त्यसपछि स्थानीय अवरोधकाकारण फोहोर ढुवानी रोकिएको थियो ।

फोहोर ढुवानी रोकिएपछि महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले सहरी विकास मन्त्री, बागमती प्रदेशका मुख्य मन्त्रीसहित क्षेत्रगत अधिकारी तथा सरोकारवालासँग भेट गरेर समस्या समाधानका लागि छलफल गरेका थिए । सोमबार सहरी विकास मन्त्रालयमा बसेको बैठकले त्रिपक्षीय प्रतिवद्धता गरेर फोहोर व्यवस्थापन खोल्ने निर्णय गरेको थियो ।

सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्री, महानगरका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोलको रोहबरमा त्रिपक्षीय प्रतिवद्धतामा हस्ताक्षर भएसँगै बन्चरेडाँडा लगिएको हो ।

प्रतिक्रिया दिनुहोस्