घरको चौथो तलाबाट खसेर रामचन्द्र पौडेलकी छोरी गम्भीर घाइते , यस्तो छ उनको अवस्था

काठमाडौं , जेठ २४ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल गम्भीर घाइते भएकी छन् । घरको चार तलामाथिबाट खस्दा उनी गम्भीर घाइते भएकी हुन् ।

काठमाडौंको बनस्थलीस्थित घरको चौथो तलाबाट सोमबार बिहान लडेर गम्भीर घाइते भएकी पोखरेलको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

अहिले सघन उपचार कक्षमा ( आइसीयू) मा उपचार भइरहेको अस्पतालका निर्देशक डा। प्रमोद जोशीले बताए । पुरै बेहोस अवस्थामा रहेकी उनको शरीरको धेरै ठाउँमा चोटपटक लागेको डा। जोशीले बताए ।

उनको मुखको दाँतका हर्डीहरु सबै भाँचिएका छन् भने कम्मरका हड्डीहरु साथै हातखुट्टाका हड्डीहरु पनि भाँचिएका डा. जोशीले बताए । घाइते पोखरेलको अहिले होस आइसकेको छ भने उनको उपचारमा डा। जोशीको नेतृत्वको टिमले उपचार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्